आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

उपत्यकामा कडा निषेधाज्ञा : अब यी कुरा गर्नै नपाइने, पढ्नुहोस् आदेशको पूर्णपाठ

मंगलबार, साउन २६ २०७८

काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी नयाँ निषेधाज्ञा थपेको हो ।

निषेधाज्ञाभर पुरानै निषेध आदेशहरुलाई निरन्तरता दिइएको छ । साउन २८ गतेदेखि उपत्यकामा राति ८ बजेसम्म मात्रै सवारीसाधन गुड्न पाइने भएको छ । यो नियम सार्वजनिक र निजी सवारीसाधन दुवैलाई लागू हुने प्रशासनले बताएको छ । कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले यस्तो आदेश जारी गरेको हो ।

अत्यावश्यक सवारीसाधन भने चलाउन पाइनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ८ बजेअगावै उपत्यकावासी आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने बताएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना संक्रमण बढ्न थालेपछि कडाइ गर्न लागिएको बताए । उनले भने, ‘सार्वजनिक ठाउँमा भिडभाड गर्न र ८ बजेपछि सवारीसाधन ओहोरदोहोर निषेध गर्ने निर्णय भएको छ ।’

यस्तो छ आदेश –

1.JPG2.JPG3.JPG