कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउदै आएका राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ।
यसै महिनामा उनीहरुको मृत्यु भएको हो। मृत्युको कारण खुलेको छैन ।
एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।
सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए । दुवैको मृत्यु भएपछि राउटे परम्पराअनुसार दाहासंस्कार गरिएको छ।
परम्पराअनुसार मान्छे मर्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सरेका छन । यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृत्यु भएको थियो । तीनैजनको मृत्युपछि अहिले उनीहरूको संख्या १४० रहेको
प्रहरी नायब उपरीक्षक थापाले बताए। उनीहरु मध्ये अधिकांसमा
मदिरा, छाला र उच्च रक्तचापसम्बन्धी रोगी बढी छन्।