आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सभामुख सापकोटाको सरकालाइ निर्देशन , बेपत्ता धामीको अवस्था बारे चाडै पत्ता लगाउ !

मंगलबार, साउन २६ २०७८

जयसिंह धामी प्रकरणबारे जानकारी गराउन  सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नु भएको छ ।

 प्रतिनिधिसभामा सभामुख सापकोटाले मंगलबार रुलिङ गर्दै घटनाबारे जानकारी गराउन निर्देशन दिनु भएको हो ।

त्यसअघि शून्य समयमा बोलेका सांसदहरुले जयसि‌ंह धामी प्रकरणमा सरकारले अहिलेसम्म सत्य तथ्य सार्वजनिक नगरेको भन्दै चर्को आलोचना गरेका थिए।

महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि दार्चुलाका ३३ वर्षीय नेपाली युवक धामी अझै बेपत्ता छन्।

सरकारले उक्त घटनाको अध्ययनका लागि छानबिन समिति बनाएर अध्ययन गरिरहेको छ । समिति घटनास्थलमै पुगेर केहि दिन अघि राजधानी फर्केको छ।