काठमाण्डौ, l निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर सहितका केन्द्रिय नेताको पद घटुवा गरिदिएको छ ।
आयोगले अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका केहि नेताको पदीय हैसियत झारिदिएको हो । केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गर्दै आयोगले केन्द्रीय कार्यकारिणी समितिलाइ ५१ सदस्यीयबाट ३५ सदस्यीयमा झारिदिएको छ भने अध्यक्षमा उपेन्द्र यादवलाइ मात्र कायम गरिदिएको छ ।
आयोगले आफ्नो पक्षलाई आधिकारिकता दिएपछि उपेन्द्रले नयाँ विवरण अध्यावधिक गर्न बैठकको माइन्युटसहितका कागजात पेश गरेपछि अब ठाकुरसहितका १६ नेताको हैसियत साधारण सदस्यमात्र भएको छ ।
पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म सांसद पद भने कायमै रहने आयोगका सचिव सुरेश अधिकारीले बताउनु भयो ।
पछिल्लो पटक ओली सरकारलाई हेर्ने दृष्टिकोणमा फरक बुझाइ भएपछि यादव पक्षले पार्टी कब्जा गरेको हो ।