काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई आज जिम्मेवारी बुझबुझारथ गर्दै छन्।
दिउँसो १ बजे सैनिक मुख्यालयमा आन्तरिक कार्यक्रम गरेर प्रधानसेनापति थापाले शर्मालाई जिम्मेवारी बुझबुझारथ गर्न लागेका हुन्। प्रधानसेनापति थापा भोलिदेखि बिदामा बस्दै छन्।
बिदामा बस्न लागेका थापाले जिम्मेवारी बुझबुझारथ गर्न लागेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
मन्त्रिपरिषद्ले साउन १२ गते गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्।
जिम्मेवारी बुझबुझारथ गरेपछि कायममुकायम प्रधानसेनापति शर्माले भोलिदेखि कार्यभार सम्हाल्ने नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए।