काठमाडौं । नेपाली कांग्रेसकोे महाधिवेशनको मिति आगामी बिहिबार टुंगो लाग्ने भएको छ ।
पूर्व कार्यतालिका अनुसार महाधिवेशन गर्न चुकेको कांग्रेसले बिहिबार बस्ने केन्द्रिय समितीको बैठकबाट नया मिति सार्वजनिक गर्न लागेको हो ।
यसअघिको कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन गर्नु पर्ने कांग्रेसले सो मिति गुजारिसकेको छ ।
हरेक ४ वर्षमा महाधिवेशन गर्नु पर्ने कांग्रेसको विधान भएपनि उसले साढे ५ वर्षसम्म पनि महाधिवेशन गर्न सकेको छ्रैन ।
पार्टीका नेताहरु पछिल्लो समय सभापति शेरवहादुर देउवालाइ महाधिवेशनको नया कार्यतालिका सार्वजनिक गर्न दबाब बढाइरहेका छन् । नेताहरुसगको भेटमा सभपाति देउवाले आगामी भदौमा महाधिवेशन गर्न सम्भव नरहेको बताउदै आउनु भएको छ ।
केन्द्रिय सदस्य बद्री पाण्डेले कार्यकर्तालाइ अब धेरै अलमलमा राख्न नहुने भन्दै बिहिबार बस्ने बैठकले महाधिवेशनको नया कार्यतालिका सार्वजनिक गर्ने बताउनु भयो ।
उहाका अनुसार भदौमा प्राविधिक रुपले पनि सम्भव नभएकाले दसै तिहार लगत्तै गर्ने गरिको नया मिति सार्वजनिक गर्न सकिनेमा छलफल केन्द्रित भएको दाबी गर्नु भयो ।