आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु

आइतबार, साउन २४ २०७८

तालिममा अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरिया पनि सहभागी

काठमाडौं l नेपाली सेनाले हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा ‘हाई अल्टिच्युड’ तालिम सुरु गरेको छ।

नेपाली सेना तथा विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिन जोमसोमस्थित उच्च शिखर शिक्षालयमा आइतबारदेखि तालिम सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। तालिम असोज १ सम्म चल्नेछ।

तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जाका ६५ जना गरी जम्मा ८१ जना रहेका छन्। यस्तै‚ अमेरिका, बंगलादेश, पाकिस्तान र दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जाका पाँचजना सहभागी भएको निर्देशनालयले जनाएको छ।