बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्री बन्न मेटमणि र रामकुमारीले ल्याए विद्रोहको प्रस्ताव

शुक्रबार, साउन २२ २०७८

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले बोलिसकेका छन्। पार्टी एकताको लागि जोड दिए पनि विद्रोहको आवाज बलियो बनेको छ।

शेरबहादुर देउवा सरकारमा मन्त्री बन्न खुट्टा उचालेका मेटमणि चौधरी र रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा मिल्न नहुनेमा जोड दिएका छन्। जसले १० बुँदे सहमतिको प्रस्तावको पनि खुलेर विरोध गरेका थिए।

यी ति दुवै जना हुन् जसले उपाध्यक्ष भिम रावललाई पनि थर्काउने प्रयास गरेका थिए। तर अधिकांशले भने १० बुँदे पछि पनि ओलीका विभिन्न प्रकारका बैठक र अभिव्यक्तिले एकताको सम्भावना टर्न थालेको धारणा राखेका थिए।

एकजना केन्द्रीय सदस्यका अनुसार पार्टीमा सबै सहभागी हुनेगरी बैठक डाकेर १० बुँदेको विन्दुबाट फेरि सुरु गरेको खण्डमा पार्टी एकीकरण हुन सक्ने सुझावको बहुमत छ। तर, ओलीले शुक्रबारै विधान संशोधनका लागि बैठक डाकेका थिए।

एकातिर नेपाल पक्षको बैठक जारी रहेका बेला एमालेको आधिकारिक बैठकले ठोस निर्णय गरेको खण्डमा पार्टी एकीकरणको अवस्था के हुन्छ भन्ने पनि प्रश्न उठेको छ।