काठमाडौ, l आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दे हाँस्य कलाकार तथा गायक गोपाल तिमल्सिना ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘खै के खै के’ ल्याएका छन् ।
गाइजात्रे प्रस्तुतिको विकाश कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको अभिनय रहेको छ । प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिमिल्सिनाले दिएका छन् ।
देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दे उनले ‘खै के खै के’ ल्याएका हुन् । गाइजात्रामा मुख्यरुपमा समाजको विकृति र विसंगतीलाई मुख्य रुपमा केन्द्रिकृत गरिएको छ भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।
प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । हाँस्य कलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको गोपालले बताए । गोपालले ‘खै के खै के’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् ।
भिडियो