काठमाडौ, l नेपाली नारिहरुको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरु रामु रिजाल, धुव्र जिसी, शक्ति छिनाल, मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत “लखेटो रेल आयो जनकपुर” गीतको भिडियो सार्वजनिक भएको छ l
तीज पर्ब भनेको बर्ष भरी एक छोरीले घरमा भोगेका बिभिन्न दुख कष्टहरुलाई माइती पुगेर बिसाउने रुपमा लिने गरिन्छ । यी र यस्ता रहनसहन लाई नेपाली गीत संगीतको माध्यमबाट थप उजागर गरेको पनि हामि पाउँदछौं । तर हिजो आजका गीत संगीतलाई मात्र व्यवसायिकमा ढालिदा मौलिकता मेटिने त्रास उत्पन्न रहेको छ । नेपाली मौलिक लोक सभ्यतालाई संरक्षण गदैँ नेपाली नारीको मनको भावलाई गीत मार्फत आम दर्शक तथा स्रोता माझमा ल्याएको गायक धुव्र जिसीले बताए ।
धुव्र जिसीको शब्द तथा लय सिर्जना र तारानाथ आचार्यको एरेन्ज गीतमा रहेको छ । गीतमा दाजु भाई र दिदि बहिनी विचको भलाकुसारीलाई समेटिएको छ । दिपसन खड्काको छायाँकन, भुपेन बानियाँको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “लखेटो रेल आयो जनकपुर” गीतको भिडियोमा सलिना क्षेत्री, सीता रोक्का, सुनिल बानिया, देवेन्द्र घिमिरे लगायत कलाकारको अभिनय तथा नृत्य गीतमा रहेको छ ।
भिडियो