नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।
ओली सरकारले अवकाश दिएको भदौ १ एक वर्ष पूरा हुन्छ, प्रधानमन्त्री शेरबहादुर देउवाले यसै दिन नियुक्त गर्ने गरी तयारी अघि बढाउन भनेको स्रोतले जानकारी दियो।
मंगलबार ऊर्जा मन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन्।
दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएर लोकप्रियताको शिखरमा पुगेका कुलमान घिसिङलाई सरकारले फेरि विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख बनाउने भएको छ । मंगलबार देउवाले भुसाललाई बोलाएर भदौ १ गतेपछि नियुक्त गर्ने गरी तयारी अघि बढाउन भनेको स्रोतले जानकारी दियो।