आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अमेरिकी राजदूत र प्रधान सेनापतिबीचको भेटवार्तामा एमसीसी बारे के छलफल भयो ?

बुधबार, साउन २० २०७८

काठमाडौं l प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

‘यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

उक्त भेटवार्तामा कुन-कुन विषयमा छलफल भयो भनि विषय गतरुमा न खुलाएकाले भेटवार्तामा एमसीसीले प्रवेश पाएको वा नपाएको यकिनका साथ भन्न सकिदैन तर केही राजनीतिक विश्लेषकहरुले हालको भेट एमसीसी कार्यन्वयनमा सेनाले कुनै प्रकारको अवरोध निर्माण नगरोस भनि हालै नीर्वित हुन लागेका  प्रधान सेनापति पूर्णचन्द्र थापासंग अमेरिकी राजदूत रेन्डी बेरीले भेट गरेको दावी गरेका छन l