बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गीतकार प्रमिला बस्नेतको शब्दमा “रोधी बस्दा पर्योनी रातै” सार्वजनिक

आइतबार, साउन १७ २०७८

काठमाडौ, l क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै” गीतको सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।

गैर आवासीय नेपाली संघ एन आर एन को मानार्थ सदस्य एवम अन्तराष्ट्रिय समन्वय परिषदकी सदस्य गीतकार प्रमिलाको  भंगेरी चरी, सेवा गरौ, बनकी चरी, यो जिन्दगीको, फर्की आउ मेरो हजुर, प्रेम गरौ , देश निमार्णको संकल्प, घरि घरी लगायतका गीत बजारमा चर्चामा रहेकाछन  । मौलिक लोक सस्कृतिलाई आम दर्शक तथा स्रोता माझमा प्रवासमा रहेर पनी पस्किन पाउदा आफुलाई निकै खुशी लागेको गीतकार प्रमिलाले बताइन ।

कमल बिसी माल्दाईकै संगीत रहेको यस गीतमा एक जोडीले रोधीमा गीत गाउदा गाउदै बिहे गर्ने निधो गरेको कथा समेटिएको छ । प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङगलाई गीतमा समावेश गरिएको छ  । गीतमा  सुनिल परियारको एरेन्ज र कुमार रानाको मिक्सीङ रहेको छ ।

बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा सरोज प्याकुरेलको निर्देशन देबेन्द्र कुँवरको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ  । “रोधी बस्दा पर्योनी रातै” गीतको भिडियोमा प्रदिप रोक्का र रितु तामाङको अभिनय रहेको छ  ।