काठमाडौ, l चर्चित गायक राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत र चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । सार्बजनिक भिडियोमा विविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु–आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ ।
केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमा नाट्यकर्म तथा चलचित्रमा सक्रिय कलाकारहरु कमलमणि नेपाल र सरिता गिरिले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनीहरुका अलावा भिडियोमा अन्य रंगकर्मी कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ । भिडियो ‘केशव एस. दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
प्रविण खतिवडाले निर्देशन गरेको भिडियोमा महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको र्याले, बनेपा, तिनपिप्ले लगायतका स्थानहरुमा गरिएको हो । हाल अमेरिकामा बसोबास गरिरहेका केशव शर्मा दाहालले आफ्नै स्वरमा यस अघि ‘चौतारीमा बसौंन पियारी’, ‘वैशैमा लाको पिरती’, लगायतका गीतहरु सार्बजनिक गरिसकेका छन् । केहिदिन अघि मात्र भानु जयन्तीको अवसर पारेर उनको ‘भानु तिम्रो रामायणले’ बोलको भजन सार्बजनिक भएको थियो ।