आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

करेन्ट लागेर मृत्यु 

शनिबार, साउन १६ २०७८

सिन्धुपाल्चोक l इन्द्रावती गाउँपालिका–१० खाल्टे बस्ने कामी भन्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित जंगलमा घाँस काट्न गएकोमा घरबाट करिब १ सय मिटर टाढा सडक छेउमा बिजुलीको पोल भाँची भुईमा लत्रिएको तारमा टेक्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।