आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बाबुरामसँग पछारिएका नारायणकाजीलाई चाहियो उपप्रधानमन्त्री, अर्कातिर बुहारीको गनगन

शुक्रबार, साउन १५ २०७८

काठमाडौं। प्रतिनिधि सभाको चुनावमा गोरखामा डा. बाबुराम भट्टराईसँग नराम्रोसँग पछारिएका नारायणकाजी श्रेष्ठ अहिले दिनदिनै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार धाउन थालेका छन्।

चुनाव हारे पनि सांसद नभई नहुने भएपछि प्रचण्डको प्रस्तावका आधारमा राष्ट्रिय सभामा तत्कालिन नेकपाबाट विजयी भएका उनको सांसद पदकै आधिकारिकतामा प्रश्न छन्। तैपनि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीसहित परराष्ट्रको जिम्मा दिनुपर्ने नारायणकाजीको रगरग भएको खुमलटार स्रोतले जनाएको छ।

सरकारमा ७ वटा मन्त्रालय पाएको माओवादीले दुई जना मन्त्री पठाइसकेको छ। अब ५ मन्त्री पठाउन प्रचण्डलाई सकस परेको छ। एकातिर नारायणकाजीको धर्नाजस्तै खुमलटार धाउने बानीले वाक्क भइसकेका प्रचण्डलाई बुहारी बिना मगरले पनि मन्त्री बनाउन गनगन गरिरहेको स्रोतले बताएको छ।

पुत्र प्रकाशको सपना पूरा गर्नका लागि पनि आफूलाई मन्त्री बनाउनुपर्ने बिनाको दाबीलाई प्रचण्डले नकार्न सकेका छैनन्। तर अघिल्लो पटक मन्त्री हुँदा बदनामी मात्र कमाएका कारण अहिले तनाव रहेको स्रोतले बताएको छ।
उता मन्त्री नबनाए पार्टी नै छाड्नेसम्मका सांसदका धम्कीले प्रचण्डको टाउको खान थालेको छ। उनले उक्त अभिव्यक्ति पार्टीको पेरिसडाँडामा भएको कार्यक्रममा पनि भनेका थिए।

आफूनिकटवर्ती नेतासँग यस्तो समस्यामा फँसेको र मन्त्री नबनाए सांसदले नै अविश्वास गर्ने समय आएको प्रचण्डको गुनासो रहने गरेको छ। अप्ठ्यारो समयमा साथ दिएका हरिबोल गजुरेललगायतलाई मन्त्री बनाउनै पर्ने दबाबमा रहेका प्रचण्डलाई पछिल्लो पटक भने बुहारी र नारायणकाजीकै बार्गेनिङले हैरानी पारेको बताइन्छ।