काठमाडौं । एक महिलालाई यौन शोषण गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरिक्षक (असई) जितेन्द्रनारायण मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
सुनसरीको ट्राफिक प्रहरी पोस्ट भान्टाबारीमा कार्यरत मण्डलविरुद्ध ९ साउनमा इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको थियो।
२३ वर्षीय महिलाले असई मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इप्रका इटहरीले जनाएको छ।
इटहरी ६ स्थित अरुण होटेल एन्ड लजमा महिलालाई लगी मण्डलले गएको २८ चैतमा जबरजस्ती करणी गरेको आरोप उजुरीमा छ।
त्यस अघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी राखेको महिलाको उजुरीमा छ। मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उनी बताउँछिन्।
गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको उजुरीकर्ताको दाबी छ। मण्डललाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ।