आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जसपा आधिकारिकता विवाद : कैले आउला फैसला ?

सोमबार, साउन ११ २०७८

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकताको विवादको टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले दाबी गरेको आधिकारिकताको विवाद आज टुंगो लगाउने भएको हो । साँझ ५ बजेसम्म सनाखत गराएर इजलासबाट आजै साँझ फैसला सुनाउने आयोगको तयारी छ ।

कार्यकारिणी सदस्यको बहुमत जसको पक्षमा हुन्छ उसैलाई आधिकारिकता दिने तयारी निर्वाचन आयोगको छ । पछिल्लो दिनमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई पक्षमा बहुमत कार्यकारिणी सदस्य देखिएकाले त्यही पक्षले आधिकारिकता पाउने सम्भावना छ । 

निर्वाचन आयोगले आह्वान गरेको हेड काउन्ट रोक्न माग गर्दै अर्काे अध्यक्ष महन्थ ठाकुर पक्ष सर्वोच्च अदालतमा गएको थियो । आइतबार सर्वोच्चले उनको निवेदन खारेज गरिदिएको छ ।