बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

आइतबार, साउन १० २०७८

काठमाडौँ l पछिल्लो २४ घण्टामा २२ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ भने २ हजार ५० जना निको भएका छन् । सोही अवधिमा १८जनाको मृत्यु भएको छ ।

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा  ६२४ जना छन् । काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई पोजेटिभ देखियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर र ३२ सय ६५ एन्टीजेन गरि १३ हजार ८३४ जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार २२८ जना छन् जसमध्ये अहिले ६६६ जना आइसियु र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।