आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट 

आइतबार, साउन १० २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहचल श्रेष्ठ कोलोनी नजिक बिद्युतको ट्रान्समिटरमा शनिबार साँझ एक्कासि आगलागी हुँदा ट्रान्सफर्मर र तारमा क्षति भएको छ । 
कास्कीको पोखरा महानगरपालिका–१ कस्केरी बस्ने दिल बहादुर तामाङको घरमा शनिबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, भाडाँवर्तन लगायतका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सोही घरमा डेरा गरी बस्ने धादिङ घर भएकी ७५ वर्षीया याङजा माया तामाङले दाउराबाट खाना पकाउने क्रममा आगलागी भएको भन्ने बुझिएको छ । 
प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।