बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरपुर मनोरञ्जनले भरिएको गीत ‘कमाल किरिमको’ लिएर आइन रानी शाक्य

बुधबार, साउन ६ २०७८

काठमाडौं । लोकप्रिय गायिका रानी शाक्य आधुनिक डान्सिङ गीत ’कमाल किरिमको’ लिएर प्रस्तुत भएकी छिन । बाबुल गिरीको संगीत रहेको गीतको गायनमा रानी शाक्यलाई अर्का चर्चित गायक सम्राट चौलागाईले साथ दिएका छन ।
सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी ,शिलन लम्सालको सम्पादन र प्रथम छेत्रीको निर्देशन रहेको छ।

भरपुर मनोरञ्जनले भरिएको गीतलाइ संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानल रानी शाक्यबाट सार्वजनिक गरिएको हो । रानी शाक्यको पछिल्लो समयमा धेरै गीतहरू चर्चित रहेकाछन ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन । 
photo 1.JPG

photo 4.JPG

photo 3.JPG

photo 5.JPG