काठमाडौँ l प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारका लागि गठबन्धनमा आवद्ध दलहरूसँग छलफल थालेका छन्।
गठबन्धनआवद्ध माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद विस्तारबारे छलफल थालिएको नेताहरूले बताएका छन्।
२५ जनाभन्दा बढी सदस्य राख्न नपाउने संवैधानिक व्यवस्थाअनुसार देउवाले मन्त्रिपरिषदमा अब २० जनामात्रै थप गर्न पाउने छन्।
गठबन्धनआवद्ध राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने जनाइसकेको छ भने एमाले वरिष्ठ नेता नेपाल पक्षबारे टुंगो लाग्न अझै बाँकी छ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालसँग छुट्टाछुट्टै भेट गरेर देउवाले मन्त्रिपरिषद विस्तारबारे छलफल गरेको स्रोतले जनाएको छ।
यता, कांग्रेसभित्रै मन्त्रिपरिषदमा सहभागी हुने विषयमा संस्थापन पक्ष र संस्थापइतर समूहमा कुरा मिल्न सकेको छैन।
संस्थापनइतर समूहले उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालयका लागि अडान राखेको कांग्रेसनिकट स्रोतले जनाएको छ।
कांग्रेसका साथै गठबन्धनआवद्ध दललाई सन्तुष्ट पारेर मन्त्रिपरिषद विस्तार गर्नुपर्ने कारण देउवा सकसमा परेका छन्।