काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्। खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ।
यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।
प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले प्रचण्डकी पत्ती सितालाई भेट्न देउवा खुमलटार आएका हुन्।