काठमाडौं l नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत दिने निर्णय गरेसंगै एमाले माधव पक्षका कुनै सांसद्ले मत नदिए तापनि देउवाले विश्वासको मत प्राप्त गर्ने भएका छन ।
प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत मागेका थिए । पत्र पठाएपछि कांग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल समेत भएको थियो । छलफलमा प्रधानमन्त्री देउवाले मधेशका माग पूरा गर्ने आश्वासन ठाकुरलाई दिएका थिए ।
प्रधानमन्त्री देउवाको आश्वासनपछि ठाकुर पक्षले समेत विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ ।
जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । जसपाका ३२ जना सांसद रहेका छन् । यसरी प्रधानमन्त्री देउवाको पक्षमा भारी बहुमत जुट्ने देखिएको छ ।
प्रधानमन्त्री देउवाले आईतबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने भएका छन् ।