काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवान गरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको छ । कुल ८० करोड १ लाख चुक्ता पुँजि रहेको वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिने छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीकाबीच स्थापना गरिएको नयाँ शाखाले बरहथवा नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानी यजनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केहीदिनभित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप पाँच वटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।