बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

गीतकार प्रमिला बस्नेतको शब्दमा गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

आइतबार, साउन ३ २०७८

काठमाडौं । क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । 

द भ्वाइस अफ नेपाल की प्रतिष्पर्धी गायिका सुरक्षा सेन्चुरीको आवाजमा रहेको गीतमा नेपाली परिवेशलाई चित्रण गरिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।
मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । आफनो मायाको राजकुमारलाई मायाको संसारमा एकान्तमा प्रेमका भाव ब्यक्त गर्न गायिका आतुर रहेकी छन ।

विकाश चौधरीको संगीत तथा एरेन्जमा तयार गरिएको गीतमा पुर्ण राईको सम्पादन तथा छायाँङकन एवम उषा मलाहा (सिम्रन) को निर्देशन रहेको छ । गैरआवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए । 

भिडियो लिंक

https://www.youtube.com/embed/7s3D_pm5MCw