आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बिकास निर्र्माण गर्न नसक्दा सरकारको बैदेशिक ऋण प्राप्ती निराशाजनक, आन्तरिक ऋणमा जोड

आइतबार, साउन ३ २०७८

काठमाडौं । सरकारले बिकास निर्माणका काम  समयमै सम्पन्न  गर्न नसक्दा अर्थात आयोजनाका लागि खर्च गर्न नसक्दा बैदेशिक ऋण खासै प्राप्त गर्न सकेको छैन । गत आर्थिक वर्षमा राखेको लक्ष्य अनुसार सरकारले न बैदशिक ऋण प्राप्त गरेको छ नत अनुदान नै ।  

सरकारले गत आर्थिक वर्षमा २ खर्ब ९९ अर्ब ५०  करोड बैदेशिक  ऋण  प्राप्त गर्ने लक्ष्य राखेको थियो । तर, बिकास निर्माणका काम अघि बढ्न नसकेकाले जम्मा बैदेशिक ऋण १ सय ३९ अर्ब मात्रै प्राप्त भएको छ ।

त्यसैगरि ६० दशमलव पाच शुन्य अर्ब अनुदान प्राप्त गर्ने लक्ष्य राखेकामा अनुदान  पनि १७ दशमलव ६१ अर्ब मात्रै खर्च भएको छ । कुल १ खर्ब ६२ अर्ब ६५ करोड अर्थात अनुमानको जम्मा ४५ प्रतिशत मात्रै हासिल गर्न  सकेको छ ।

बैदेशिक ऋण प्राप्त गर्न नसक्ने सरकारले आन्तरिक ऋण भने लक्ष्यकै हाराहारीमा प्राप्त गरेको छ । आन्तरिक ऋण २ खर्ब २५ अर्बको लक्ष्य लिएकामा २ सय २४ अर्ब संकलन गरेको  अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

आर्थिक गतिबिधी सुस्त भएका समयमा सरकारले जनताबाट भने राम्रो कर असुली गर्न सफल भएको छ । असार ३१ गतेसम्ममा सरकारलाई ९ खर्ब ३८ अर्ब राजस्व  प्राप्त भएको  बुझाएका छन् । महामारीका बिचमा पनि सरकारलाई भने १० खर्ब ११ अर्ब लक्ष्य राखेकामा ९२ दशमलव सात चार प्रतिशत राजस्व प्राप्त भएको छ ।

त्यस्तै गत वर्ष बिकास निर्माणका लागि भनेर ३ खर्ब ५२ अर्ब रकम छुट्टाएकोमा  जम्मा २ खर्ब २८ अर्ब मात्रै खर्च भएको छ  ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३१ गते सम्म सरकारले बिकास निर्माणका लागि भनेर छुट्टाएको रकमको ६४ प्रतिशत मात्रै खर्च गरेको छ । हुनत सरकारले बिकास निर्माणका काम गर्न सकिदैन कि भनेर यसअघि नै  बिकास बजेट घटाएको  थियो । घटाएको बिकास बजेट समेत पुर्ण रुपमा खर्चन गर्न नसकेको देखिन्छ ।  

बजृेट भाषणका क्रममा बिकास निर्माणका लागि भनेर ३ सय ५२ अर्ब  बजेट छुट्टाएकोमा बजेटको मध्यावधि समिक्षा मार्फत  २ सय ५१  अर्ब कायम गरिएको थियो ।

गत वर्ष कर्मचारीतको तलब तथा भत्तामा हुने खर्च ९ खर्ब ४८ अर्ब  छुटटएकोमा  ८९.७५ प्रतिशत खर्च भएको छ । अर्थात बिकास निर्माणका काम अघि बढाउन नसक्ने कर्मचारीतन्त्रका लागि तलब तथा भत्तामा भने राज्यको ८ खर्ब ५१ अर्ब खर्च भएको छ ।

चालु खर्चलाई पनि सरकारले मध्यावधि समिक्षा मार्फत संंसोधन गरेको थियो । मध्यावधि समिक्षामा चालु खर्च घटाएर ८  खर्ब ६७ अर्ब कायम गरिएको  थियो । चालु खर्च भने लक्ष्यकै हाराहारीमा खर्च भएको छ ।  सुरु अनुमानको  ८९ दशमलव सात पाँच र संसोधितको ९८ दशमलव एक पाँच प्रतिशत  खर्च भएको अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना बताउँछन् ।