बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भष्ट्राचार माथि नियामकको भष्ट्राचार

शुक्रबार, साउन १ २०७८

नेपाल सरकारको आर्थिक क्रियाकलाप जस्तै बजेट कार्यान्वयन तथा नियन्त्रण, कोष व्यवस्थापन, नेपाल सरकारले लिएका ऋण र लगानीको व्यवस्थापन, लेखा प्रणालीमा परिमार्जन तथा सुधार, आन्तरिक लेखापरीक्षण र लेखा समूहका कर्मचारीहरूको प्रशासन सम्बन्धी कार्यहरू गर्ने हेतुले महालेखा नियन्त्रकको कार्यालयको परिकाल्पना गरी २००८ सालमा स्थापना गरीएको हो l

तर नेपालको पूर्वी पहाडी जिल्ला धनकुटामा भने पारदर्शीता काएम गर्ने मुलभूत उद्श्यका सथा स्थापना गरेको नियामक निकाए महालेखा नियन्त्रकको कार्यालयका निर्देशक जयानन्द पाण्डे सहितको टोलीले नै भष्ट्राचार गरेको खुल्न आएको छ l

उक्त घटनाले घुसको लेनदेनका आधारमा लेखापरीक्षणमा बेरुजु र असुली लेख्ने लेखापरीक्षण अधिकारीहरुको क्रियाकलापले महालेखाको प्रतिवेदनमाथि नै प्रश्न उठाएको छ । सरकारी कार्यालयको खर्च अनुशासन जाँच गर्नु र कमजोरी भए सुधार गराउनु, गल्ती गरे कारबाही लेख्नु महालेखाको जिम्मेवारी हो । तर महालेखाका अधिकाशं कर्मचारीहरुले घुस अंकका आधारमा मात्र लेखापरीक्षण गर्ने गरेको पाइएको छ । 

महालेखाका निर्देशक जयानन्द पाण्डेको नेतृत्वमा गत चैत्र २२ गते ३ जनाको टोली धनकुटा लेखापरीक्षण गर्न भनि गएको थियो l लेखापरीक्षणको न्यूनतम मान्यता अनुरुप परीक्षण गर्ने कार्यालयले प्रधान गर्ने कुनै प्रकारको सेवा सुविधा उपयोग गर्न हुदैन, परीक्षण अवधिमा लाग्ने सम्पूर्ण लागत महालेखा परीक्षकको कार्यालयले व्यहोर्छ । तर पाण्डेले भने लेखापरीक्षणको न्यूनतम मान्यता लत्यौदै जिल्ला समन्वय समितिको गेष्ट हाउसमा बसेर विभिन्न कार्यालयको लेखापरीक्षण गरे । त्यहाँ बसेर विभिन्न सरकारी कार्यालयको लेखापरीक्षण पश्चात उनीहरुले १० लाख रुपैयाँ घुस अंक बुझेको उच्च श्रोतको दावी छ । विभिन्न कार्यालयसँग ५० हजार देखि २ लाखसम्म घुस लिएर १० लाख रुपैयाँ संकलन गरेर उनीहरु फर्किएका थिए ।

पाण्डेको टोलीले आर्थिक अनियमितता  मात्र नभई धनकुटास्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका लेखापाल गजेन्द्र भट्टराईको व्यवस्थापनमा जिल्लाका  गुफा, पोखरी, तिनजुरे–मिल्के–जलजले क्षेत्रको घुमफिरमा साथै खानपान खर्च देखि सम्पूर्ण आर्थिक भार लेखापाल भट्टराईलाई लगाइएका थियो । उनीहरुको यात्रा यतिमै सिमित भएन उनीहरु नेपाली सेनाको मेचमान देखी प्रहरीको घुम्फीर र खानपिन गरी फर्किएका थिए l 

धनकुटाको ७ देखि ८ संघ सस्थाको लेखापरीक्षण गरेर फर्किएको निर्देशक पाण्डेको टोलीले केही स्थानमा घुम्न पुगेको स्वीकार गरे तापनि  हिसाब मिलाउन आर्थिक लेनदेन गरेको तथ्यलाई अस्वीकार गरेका छन् ।