आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राष्ट्रपतिद्वारा शितलनिवासमा महान्यायाधिवक्ताको शपथ गर्न अस्वीकार !

शुक्रबार, साउन १ २०७८

काठमाडौँ l सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ शीतलनिवासमा गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी छन्।

राष्ट्रपतिबाट नियुक्त गरिने महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको छ । तर भण्डारीले देउवाको सिफारिसमा नियुक्त खातीका सन्दर्भमा भने अस्वीकार गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा शपथका लागि समय माग्दा राष्ट्रपति भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ताको शपथ कार्यक्रम राख्न अनिच्छा देखाएकी स्रोतले जनाएको छ । भण्डारीले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको बहाना झिक्दै सर्वोच्च अदालतमै शपथ गराउन जवाफ दिएकी छन् । राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमै महान्यायाधिवक्ताको शपथ गर्न परिपत्र समेत गरेको छ ।

महान्यायाधिवक्ता नियुक्त भएका खम्मबहादुर खातीले राष्ट्रपति कार्यालयबाट परिपत्र आएपछि सर्वोच्च अदालतमै शपथको तयारी भएको बताएका छन् ।