काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी साउन ३ गते प्रतिनिधिसभा अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन फैसला गरेको थियो । अदालतको फैसला अनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको छ ।