बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

वर्षातका समयमा ६३ प्रतिशत बिजुलीमा भारतको भर, स्वदेशी आयोजनाको बिजुली खेर

बिहिबार, असार ३१ २०७८

काठमाडौं । वर्षातको समयमा पनि ६३ प्रतिशत बिजुली भारतबाट आयात गरेर बाल्नु परेको छ । कमजोर प्राधिकरणको नेर्तत्वका कारण स्वदेशका आयोजनाहरुको बिजुली खेर फालेर बिदेशबाट बिजुली आयात गरेर बत्ती बाल्नु परेको छ ।

नेपाल बिद्युत प्राधिकरणका अनुसार, प्राधिकरणबाट सञ्चालित आयोजनाबाट ५ हजार ६ सय मेगावाट आवर बिजुली उत्पादन भइरहेको छ । त्यसैगरि निजीबाट सञ्चालित आयोजनाबाट ४ हजार ५ सय बिद्युत उत्पादन भइरहेको छ । तर पिक समयमा  बिजुलीको माग धान्नका लागि भने भारतबाट अहिले १८ हजार २ सय ३६ मेगावाट आयात गर्नुुपरेको छ ।  

तीन वर्षअघि बिद्युत जडित क्षमता १ हजार ७३ मेगावाट र माग १३ सय मेगावाट थियो । अहिले विद्युत जडित क्षमता १६ सय ८ मेगावाट पुगेको छ । यता माग १४ सय ५५ मेगावाट रहेको नेपाल विद्युत प्राधिकरण बताउँछ । माग अनुसारको उत्पादन  गर्न नसकेकाले अहिले ६३ प्रतिशत बिजुली भारतमा भर पर्नुपरेको छ ।

बिद्युत आयातका लागि नै वर्षेनी २० अर्ब रकम बाहिरिने  गरेको छ । तीन वर्षअघि बिद्युत जडित क्षमता १ हजार ७३ मेगावाट र माग १३ सय मेगावाट थियो । अहिले विद्युत जडित क्षमता १६ सय ८ मेगावाट पुगेको छ । यता माग १४ सय ५५ मेगावाट रहेको नेपाल विद्युत प्राधिकरण बताउँछ । माग अनुसारको उत्पादन  गर्न नसकेकाले अहिले ६३ प्रतिशत बिजुली भारतमा भर पर्नुपरेको छ ।

प्राधिकरणबाट सञ्चालित आयोजनाबाट ५ हजार ६ सय मेगावाट आवर , निजीबाट सञ्चालित आयोजनाबाट ४ हजार ५ सय बिद्युत उत्पादन भइरहेको छ । तर पिक समयमा  बिजुलीको माग धान्नका लागि भने भारतबाट अहिले १८ हजार २ सय ३६ मेगावाट आयात गर्नुुपरेको छ । बाढीका कारण १ सय २० मेगावाट बराबरका आयोजनाको उत्पादन रोकिएको र प्रसारण लाइन अभावका कारण १ सय ५० मेगावाट खेर गएकाले भारतको बिजुलीमा भर पर्नुपरेको हो  ।

महामारीका कारण यो वर्ष १६ सय मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएकामा दुई  सय मेगावाट हाराहारीका आयोनजना मात्रै प्रसारणलाइनम जोड्न संभव भएको प्राधिकरणको भनाई छ । देश बिजुलीमा आत्मनिर्भर बन्नका लागि अझै थप ५ वर्ष लाग्ने प्राधिकरण बताउँछ । जबकी ३ वर्ष अघि तयार पारिएको स्वेतपत्रमा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिइएको थियो । ५ हजार मेगावाट भारतमा बिजुली निर्यात गर्ने भनेपनि भारत अहिले यसमा खास सकारात्मक देखिएको छैन । 

समयमै प्रसारणलाइनको निर्माण हुन नसक्दा स्वदेशमा निर्माण सम्पन्न भएका कैयन आयोजनाले पुर्ण रुपमा बिद्युत उत्पादन गर्न पाएका छैनन् । देशभरका यस्ता आयोजनाको कुल १ सय ५० मेगावाट बराबरको उत्पादन खेर गइरहेको छ ।  प्रसारण लाइनको अभावमा स्वदेशका आयोजनाको बिजुली खेर गइरहदा यता बिदेशबाट भने बिजुली आयात गरेर देश उज्यालो बनाउन खोज्दा करिब २० अर्ब रुपैयाँ बाहिरिएको छ ।