काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगमले सामान्य दरले मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर रु १२८ तथा डिजेल र मट्टितेलको मूल्य रु १११ रुपैयाँ कायम गरिएको छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् ।