काठमाडौं । ज्वाला संग्रौलालगायत तीनजना रिहा भएका छन् । रिहा हुनेमा हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।
ज्वाला र शर्मिला साधारण तारेखमा छुटेका हुन् भने हिमाल उपाध्याय १ लाख धरौटीमा छुटेको परीसर प्रमुख एसएसपी अशोक सिंहले बताए ।
केही दिनअघि युवासंघकी नेतृ खुस्बु घिमिरेमाथि ज्वालाको समूहले प्रहरी कार्यालभित्रै आक्रमण गरेको अरोपमा प्रहरीले पक्राउ गरेको थियो । घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई असार ६ गते पक्राउ गरेको थियो ।