बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीबाट को–को बन्दै छन् मन्त्री ?

मंगलबार, असार २९ २०७८

काठमाडौं  – माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुङ्गो लगाउन मंगबालर पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ।

मन्त्रीहरुकै सहभागिताबारे छिनोफानो गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवालाई भेट्न बुढानिलकण्ठ जाँदै छन्। माओवादी स्रोतका अनुसार देउवा सरकारमा यसअघि नेकपा सरकारमा लामो समय मन्त्री भइसकेका आफ्ना नेताहरुलाई सकेसम्म नपठाउने गरि छलफल सुरु भएको छ।

सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ लिँदै छन् । योसँगै उनको मन्त्रिमण्डलमा गठबन्धनमा समावेश कुन पार्टीका कति जना र को–को मन्त्री बन्दै छन् भन्नेबारे चर्चा सुरु भएको छ।

गठबन्धमा सामेल कांग्रेस भन्दा १० सिट कम अर्थात ४९ जना सांसद रहेको नेकपा माओवादी केन्द्रबाट कति र को–को मन्त्री बन्दै छन् भन्नेबारेको चर्चाले पनि स्थान पाएको छ।

सकेसम्म महिला, दलित, जनजाती र नयाँ अनुहारहरुलाई नयाँ सरकारमा पठाउने गरि छलफल सुरु भएको हो।