काठमाडौँ । सर्वोच्चको आदेश अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन लागेको नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले आज शपथ लिने भएका छन् । आज ५ बजे राष्ट्रपति कार्यलयमा शपथ दिने तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजिनामा बुभाएपछि देउवाको सपथ ग्रहण हुनेछ ।
देउवाको सपथ ग्रहणपछि आजै सानो मन्त्रिपषिद पनि गठन हुने एक स्रोतले वर्णन मिडियालाई जानकारी दिएको छ ।
हिजो सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले पनि प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए ।
तर , सर्वोच्चको फैसलालाई सबैले स्वागत गरेपनि प्रधानमन्त्री ओलीसहित एमालेको केही नेताहरुले संविधान विपरित भएका भनेका छन् ।