झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परि निधन भएको छ । उनको केहिवेर अघि चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परि निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो ।
प्रसाई बिर्तामोडबाट आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकाेटा चाेकस्थित देवकाेटाकाे शालिक कम्पाउण्डकाे वालमा ठाेक्किएर दुर्घटनामा परेको जनाईएको छ ।उहाँको मेची अञ्चल अस्पतलमा नि’धन भएको हो ।
प्रसाई बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको श्रीमान हुन् ।