काठमाडौं l अमेरिकाबाट दिइएको ‘जोन्सन एन्ड जोन्सन’ले उत्पादन गरेको कोरोना विरुद्धको खोपको पहिलो प्राथमिकतामा वैदेशिक रोजगारमा जाने युवाहरुलाई दिनुपर्ने माग गर्न थालिएको छ ।
बैदेशिक रोजगारीमा जाने युवाहरूको लागि गल्फका देश तथा अन्य देशहरुले खोप नै पहिलो सर्तमा राखेको अवस्थामा बैदेशिक रोजगारीमा जाने युवाहरूको रोजगारी गुम्ने खतरा रहेको भन्दै अमेरिकाबाट आउन लागेको खोप बैदेशिक रोजगारिमा जाने युवाहरुलाई प्राथमिकतामा राखेर दिइनु पर्ने बताइएको हो ।
आफ्नो देशमा रोजगार पाउन नसक्दा रोजीरोटीकै लागि वैदेशिक रोजगारमा जानु नेपाली युवाहरुको बाध्यता हो ।
पछिल्लो समय रोजगारदाता देशहरुले खोप नलगाएकाहरुलाई आफ्नो देशमा प्रवेश नदिने नीति लिएको अवस्थामा जसरी पनि वैदेशिक रोजगारमा जान लागेका तथा विदामा आएका नेपालीहरुको प्राथमिकतामा खोप पर्नुपर्छ ।
खोप प्राथमिकतामा नपरेको खण्डमा नेपालबाट युवाहरु लान नसक्दा रोजगारदाताहरुले नेपाली कामदारलाई प्राथमिकतामा राख्दैनन् । जसको प्रत्यक्ष मारमा नयाँ विदेशिने त पर्छ नै त्यसमा पनि बिदामा आएकाहरुको समेत रोजगार गुम्छ ।
जसको कारण अहिले आउने खोप बैदेशिक रोजगारमा जाने युवाहरुलाई नै दिनु पर्ने माग राख्दै आएका छन र त्यो अहिलेको आवश्यकता पनि हो ।