आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

केपी ओली र माधव नेपालको वार्ता सकियो, के-के भयो कुरा ?

बिहिबार, असार २४ २०७८

काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ‌ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ। बुधबार साँझ राजधानीको होटल मेरियटमा दुवै नेताहरूबीच भेटवार्ता सुरु भएको हो।

नेपाल निकट पार्टी एकता कार्यदलका सदस्यका अनुसार करिव एक घण्टाअघि नेपाल ओलीसँग वार्ता गर्न सहमत भएका हुन्। बैठकमा ओली पक्षबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङ र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा नेपाल पक्षबाट भीम रावल र नेता सुरेन्द्र पाण्डे सहभागी रहेका थिए ।

बैठकमा कार्यदलका संयोजकहरूले ३ दिनयता भएको छलफल र सहमतिबारे जानकारी गराएका छन् । कार्यदलमा भएको सहमतिलाई अन्तिम टुंगो दिएर विवाद टुंग्याउन घनिभूत छलफल भएको स्रोतले जनाएको छ ।

बुधवार दिउँसो अर्थ मन्त्रालयमा बसेको एमाले विवाद समाधान कार्यदलको बैठकपछि नेताहरूले विवाद समाधान हुनेतर्फ अगाडि बढेको जानकारी दिएका थिए । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक निष्कर्षउन्मुख रहेको जनाएका थिए ।

नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि ओली आक्रोशित हुँदा विवाद उत्कर्षमा पुगेको थियो ।