आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कर्णालीमा ‘कमाण्डर’ मूख्यमन्त्रीको कमजोर कार्यक्षमता, ११ महिनामा बिकास बजेट २० प्रतिशत मात्रै खर्च

मंगलबार, असार २२ २०७८

काठमाडौं । मुलुकको औसत प्रतिब्यक्ति आय ११ सय ९१  अमेरिकि  डलर रहेकामा कर्णाली प्रदेशको प्रतिब्यक्ति आय भने ६ सय ६  डलर मात्रै रहेको छ । मुलुकको १८ दशमलव सात प्रतिशत जनसंख्या गरिबिको रेखामुनी रहेकामा कर्णालीमा भने २८ दशमलव नौ प्रतिशत जनता  निरपेक्ष गरिबिको रेखामुनि रहेका छन् । यति मात्रै होइन, कर्णाली कुपोषित बालबालिका  र निरक्षरता पनि बढि छ । यहि भएर नै कर्णाली प्रदेशले अन्यले भन्दा द्रुुत गतिमा बिकास निर्माणका काम अघि बढाउनु पथ्र्याे, तर यसो हुन सकेको छैन ।

बिकास खर्चमा पनि कर्णाली प्रदेश नै सबैभन्दा कमजोर देखिएको छ । कर्णाली प्रदेशले जेठ मसान्तसम्म २० दशमलव नौ  एक मात्रै खर्च गरेको छ।

एकिकृत शासन व्यवस्थाका कारण काठमाडौं र शहर केन्द्रित बिकास भएको र कर्णाली, सुदुरपश्चीम  बिकास हुन नसकेको भनेर मुलुक ४ वर्ष अघि संघियतामा प्रवेश गरेको थियो । देश संघियतामा प्रवेश गरेपनि कर्णाली, सुदरपश्चीम सँगै प्रदेश नम्बर दुईमा बिकास काम द्रुत गतिमा अघि बढ्न सकेका छैनन् ।

गत वर्ष कुल बजेटको ३८ प्रतिशत मात्रै खर्च गरेको कर्णाली प्रदेशले यो वर्षको ११ महिनाबित्दा २६ प्रतिशत भन्दा माथि जान सकेको छैन । बिकास  खर्च गर्नेमा  यो वर्ष पनि कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ । 

 प्रदेश सरकारहरुले अपेक्षित मात्रामा बिकासका काम अघि बढाउन  सकेका छैनन् । यो वर्षका ११ महिना बित्दासम्म लुम्बीनी प्रदेश बाहेक कुनैपनि प्रदेशले बिकास निर्माणका लािग छुट्टाइएको रकम आधा पनि खर्चन  सकेका छैनन् ।

दुई नम्बर प्रदेशले गत वर्ष कुल बजेटको ४६ प्रतिशत खर्च गरेकामा यो वर्षको ११ महिनामा जम्मा ३१ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश दुईले बिकास खर्च यो समयमा २८ दशमलव सात तीन प्रतिशत मात्रै खर्च गरेको छ ।

त्यस्तै गत वर्ष ५४ प्रतिशत बजेट खर्चेको  सुदरपश्चीमले यो वर्षको ११ महिनामा ३९ प्रतिशत खर्चेको छ  । गत वर्ष कुल बजेटको ६३ प्रतिशत खर्चेको गण्डकी प्रदेशले यो वर्षको ११ महिनामा ४२  प्रतिशतको हाराहारीमा खर्चेको छ ।

गत वर्ष सबैभन्दा बढि खर्च अर्थात कुल बजेटको झन्डै ७० प्रतिशत खर्चेको लुम्बीनी प्रदेशले यो वर्षको ११ महिनामा पनि अन्य प्रदेशभन्दा बढि अर्थात ५५ प्रतिशत खर्चेको छ। त्यस्तै दोस्रो धेरै रकम खर्च गर्नेमा रहेको प्रदेश एकले गत वर्ष ६१ प्रतिशत खर्चेकामा यो वर्ष अहिलेसम्म ४५ प्रतिशत रकम खर्चेको छ ।

त्यस्तै बागमती प्रदेशले गत वर्ष ५१ प्रतिशत रकम खर्चेकामा यो वर्ष अहिलेसम्म ४६ प्रतिशत खर्चेको छ ।

कुल खर्चमा पनि बिकास खर्चको अवस्था हेर्ने हो भने अझै निराशाजनक छ  बिकास खर्चमा पनि लुम्बीनी प्रदेश नै अग्रस्थानमा रहेको छ । लुम्बीनी प्रदेशले अहिलेसम्म ५१ दशमलव तीनतीन प्रतिशत खर्च गरेको छ ।