बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

थप २७६० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

बिहिबार, असार १७ २०७८

काठमाडौं । नेपालमा २७६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १८५७ जना र एन्टीजेन परिक्षणबाट ९०३ जना गरि जम्मा २७६० जना नयाँ संक्रमित थपिएका हुन् ।          

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार ६६२ रहेको छ । संक्रमित मध्ये ६ लाख १४९ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ ।          

पछिल्लो २४ घण्टामा ४०४७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९१४५ पुगेको छ ।