बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भेरोसेल खोप असार २२ देखि दिइँदै, यि हुन् खोप केन्द्रहरू

बिहिबार, असार १७ २०७८

काठमाडौँ l स्वास्थ्य कार्यालय काठमाडौँले आगामी २२ असार देखि कोभिडबिरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा दिने भएको छ।

जसका लागि स्वास्थ्य कार्यालय जिल्लाले अस्पताल तथा वडा कार्यलय गरी ३२ स्थानमा खोप केन्द्र तोकेको छ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई दोस्रो मात्रा लगाउने तयारी भएको हो।

साथै, अघिल्लो खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन्।

भेरोसेलको पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिनपर्ने हुन्छ। सोही अनुसार खोप दिन लागिएको हो।

खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।

यी हुन् काठमाडौंका ३२ खोप केन्द्र

khop-kendra.jpg