आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विश्व अवार्ड २०२१ मा नेपालको जेभियर इन्टरनेसनल कलेज, काठमाण्डौ विश्व उत्कृष्ट घोषित

बिहिबार, असार १७ २०७८

काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ । शैक्षिक क्षेत्रमा पु¥याएको अतुलनिय योगदान, अनलाईन शिक्षामा अव्वल भई विश्व वजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो । 
क्याम्व्रिज विश्वविधालयको ए लेभलमा विश्व टप ३ पटक, नेपाल टप २७ पटक, वोर्ड टप २ पटक भई उत्कृष्ट रिजल्ट दिई शैक्षिक गुणस्तर कायम गर्न सफल र उत्कृष्ट पुर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित भएको जेभियर इन्टरनेशनल कलेज कालोपुलका सिईओ लोक बहादुर भण्डारीले बताए। इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन) नामक दुवईको संस्थाले विश्वभरीबाट जेभियर इन्टरनेशनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोले सो सम्मान प्रदान गरेको जेभियर कलेजले जनाएको छ । 
जेभियर इन्टरनेशनल कलेज कालोपुल यसअघिपनि विभिन्न सन् २०१९मा अन्तर्राष्ट्रिय स्कुल अवार्डमा सम्मानित भएको थियो ।