आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले महाधिवेशन आयोजक कमिटी भंग, केन्द्रीय कमिटी बैठक बोलाइयो

बुधबार, असार १६ २०७८

काठमाडौं । अन्ततः नेकपा एमालेका १०औँ महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । एमालेले महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको एमालेको बैठकले १०औं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको हो ।

एमालेले नवौँ महाधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सक्रिय बनाउँदै आयोजक कमिटीलाई खारेर गरेर रुपान्तरण गरेको केन्द्रीय कमिटीको यही असार १८ गते शुक्रबार बस्नेछ ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वतः निष्प्रभावी भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बुधबार बसेको बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।