आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आजकाे माैसम कहाँ कस्ताे ?

मंगलबार, असार १५ २०७८

काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव छ। हाल दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्यून चापिय रेखा तराई तर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने मौसमविदले बताएका छन्।

यसैबिच पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।