आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चट्याङ लागेर २ जनाको मृत्यु 

सोमबार, असार १४ २०७८

महोत्तरी । मनराशिश्वा नगरपालिका–४ सारा टोल बस्ने ५० वर्षीया प्रेमशिला देवीको आफ्नै खेतमा मल छर्ने क्रममा चट्याङ् लागेर सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । 
यसगरी महोत्तरी, मनराशिश्वा नगरपालिका–५ कटैया बस्ने ८० वर्षीय विशेश्वर रायको खेतमा भैंसी चराउन गएको अवस्थामा चट्याङ् लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।