काठमाडौँ l पछिल्लो समय पुष्पकमल दाहाल “प्रचण्ड”को एउटा अभिव्यक्ति एकाएक भाइरल बनेको छ l उक्त अभिव्यक्तिमा उनले “राष्ट्रपति भन्दा त राजा नै ठीक” भनेका छन l
शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले आफूले राष्ट्रपतिकोभन्दा राजाको शान भएको भन्दै व्यंग्य गरेको बताएका छन् । आफू जिन्दगीभर गणतन्त्रका लागि लडेको स्मरण गर्दै समग्रतामा हेरेर मात्रै धारणा बनाउन आग्रह गरे । ‘सोच्न पनि कस्तो सक्या होला, म जीवनभर गणतन्त्रको लागि लडेको मान्छे, अलिकति मान्छेको समग्रतामा पनि हेर्नुपर्यो नि ’ उनले भने ।
प्रचण्डले राष्ट्रपतिले हद नाघेको समेत बताए । राष्ट्रपति बढी नै रबर स्ट्याम्प भएको प्रचण्डको भनाई थियो ।
‘ज्ञानेन्द्रकै शासन हुँदा पनि अदालतले शाही आयोग खारेज गरेको होइन ? हु इज केपी ओली ? अदालतमा प्रश्न गर्न पाइदैन भन्ने के हो ? ‘ उनले प्रश्न गरे ।