काठमाडौँ । नेपालमा शुक्रबार थप २,४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ८६ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २१ र ४ हजार ७ सय ६५ एन्टीजेन परिक्षणका क्रममा ७ सय ५५ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ । त्यस्तै कोरोना कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार ९ सय ४५ जनाको मत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै थप ५ हजार ४ सय ५५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ७६ हजार ४१३ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ४५ हजार ७ सय ९४ सक्रिय संक्रमित आइशालेशन र ३७३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख १२ हजार ३३५ वटा पिसिआर र १ लाख ६६ हजार ३०७ वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ