बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भिम खड्का र आयुष्मा कार्की अभिनित “बगर भयो जिन्दगी “सार्वजनिक

आइतबार, असार १३ २०७८

काठमाडौं । भिम खड्का र आयुष्मा कार्कीको अभिनयमा रहेको एक मार्मिक गीत  “बगर भयो जिन्दगी “ को भडियो सार्वजनिक भएको छ  । मायामा पाएको घातलाईलाई गीतमा समेटिएको छ  ।
समाजमा रहेको सामाजिक अन्धविश्वासमा रहेको छुवाछुत प्रथाबाट प्रेमील जोडिहरुको कोमल मायाकोे सम्बन्ध छुटनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । गायक तेज सागर भटटराई र गायिका तुलसी घर्ति मगरको गीतमा आवाज रहेको गीतलाई एस थ्री के इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ  । तेज सागर भटटराईको शब्द  खेम सेन्चुरीको लय सिर्जना एवम विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

87.jpg

प्रेमील जोडिहरुको बास्तविक जिवन भोगाई भएको कारणले पनी आम दर्शक तथा स्रोताले गीतलाई मनपराउनेमा आफु निकै आशावादी रहेको कलाकार भिम खड्काले बताए । प्रकाश खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन, देबेन्द्र कुँवरको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा भिम र आयुष्माको लोभलाग्दो अभिनय देख्न सकिन्छ  ।
भिडियो लिंक

https://www.youtube.com/embed/69R7SI1UAxs

14.jpg