बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेनाका पाइलट जर्नेललाई फुली थप

शुक्रबार, असार ११ २०७८

काठमाडौं : नेपाली सेनाका सहायक रथी आशिश नरसिंह राणालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। 

गत असार ७ गते मन्त्रीपरिषद्को निर्णय अनुसार पाइलट उपरथी दर्जामा पदोन्नति भएका राणालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरे। 

पाइलट उपरथी दर्जामा पदोन्नति भएका  राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।