आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भीरबाट लडेर मृत्यु

बुधबार, असार ९ २०७८

जाजरकोट । भेरी नगरपालिका–२ डिंगा बस्ने उक्त वडाकी वडासदस्य ६२ वर्षीया शसिला बिकको ढ्याङ्ग्राचौर भीरबाट लडेर मंगलबार बिहान मृत्यु भएको छ । 
बाउनथानास्थित वडा कार्यालयमा छलफलको लागि जानेक्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि नेपालगञ्जतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।